संयुक्त राष्ट्रसंघमा अमेरिका, बेलायत र फ्रान्सको गुटविरुद्ध भारत, चीन र रुस एकसाथ

डिसी नेपाल
२८ मंसिर २०७८ १३:०५
8.9k
Shares

काठमाडौं। सीमाका विषयमा विवाद चलिरहेका बेला भारत र चीन संयुक्त राष्ट्रसंघमा भने एकसाथ उभिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारत र रुसले एक प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यो प्रस्तावमा जलवायु परिवर्तनलाई विश्वव्यापी सुरक्षा चुनौतीसँग जोड्न प्रस्ताव गरिएको थियो । यो प्रस्तावविरुद्ध रुसले भिटो अधिकारकै प्रयोग गरेको छ जसका कारण यो प्रस्ताव खारेज भएको छ । चीन मतदानमा अनुपस्थित रह्यो ।

अमेरिका बेलायत र फ्रान्सले यो प्रस्तावको समर्थन गरेका थिए तर चीन अनुपस्थित रहनु र रुसले विपक्षमा भिटो अधिकार नै प्रयोग गरिदिएपछि यो प्रस्ताव पारित हुन सकेन । मतदानमा अनुपस्थित रहेको भए पनि चीन सुरुदेखि नै यो प्रस्तावको विरोधमा छ । संयुक्त राष्ट्रसंघको ग्लासगोमा आयोजित जलवायु वार्तामा भारत र चीनले एक प्रस्तावमा महत्वपूर्ण संशोधन गराएका थिए । यी देशले कोइलाको प्रयोगलाई पूर्व रुपमा बन्द गर्ने र जीवाश्म इन्धनबाट सब्सिडी हटाउने प्रस्तावको विरोध गरेका थिए । चीन र भारतको विरोधपछि कोइलाको प्रयोग पूर्ण रुपमा बन्द गर्ने प्रस्ताव संशोधन गरेर प्रयोग कम गर्ने बनाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *