मोदी मध्यरातमा बनारसका सडकमा निस्किएपछि…

डिसी नेपाल
२८ मंसिर २०७८ १३:५५
1.1k
Shares

उत्तर प्रदेश। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मध्यरातमा बनारसका सडकहरुको अवलाेकन गरेका छन्। मंगलबार बिहान साढे १२ बजे प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन क्षेत्र बनारसका विभिन्न स्थानको अवलोकन गरेका हुन्। सो अवसरमा उनले काशीका महत्त्वपूर्ण विकास निर्माणका आयोजना, कोरिडरलगायतका क्षेत्रको निरीक्षण गरेका थिए।

मोदीलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले साथ दिएका थिए। विभिन्न क्षेत्रको अवलोकन गरेपछि मोदीले गंगामा स्नान गरेर काशी विश्वनाथ मन्दिरको दर्शन गरेका थिए।

उत्तर प्रदेशमा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ। बनारस भ्रमणको विभिन्न तस्विर मोदीले ट्विट गरेका थिए । मोदीले रेल कनेक्टिभिटी चुस्त र सुबिधा सम्पन्न बनाउन निर्देशन दिएका थिए । मोदीले रेलमार्ग स्टेसन बृद्धि गरिने पनि प्रतिबद्धता जनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *