१ करोड भारतीय रुपैयाँ लिएर फुटपाथमा घुमिरहेका व्यक्ति पक्राउ, पैसा कहाँबाट आयो थाहा छैन
काठमाडौं। २७ वर्षका एक जना युवक १ करोड नगद भारतीय रुपैयाँका साथ फुटपाथमा घुमिरहेका थिए । उनलाई पक्राउ गरिएको छ । भारतको पश्चिम बंगाल राज्यको कोलकाताको फुटपाथमा यी व्यक्ति यति धेरै रकम लिएर घुमिरहेका थिए । समाचार एजेन्सी एएनआइका अनुसार यी व्यक्तिलाई स्पेसल टास्क फोर्स (एसटिएफ)ले कोलकाताको पार्क स्ट्रिटबाट पक्राउ गरेको हो ।
एसटिएफका अनुसार सोधपुछका क्रममा उनले आफूसँग भएको नगदको बारेमा कुनै उचित स्पष्टीकरण दिन सकेनन् । त्यसपछि आइटी विभागलाई सूचित गरिएको छ । यस विषयमा केस दर्ता गरेर जाँच अगाडि बढाइएको छ । पक्राउ परेका युवकको नाम प्रितम पाल भएको बताइएको छ । घटना हिजो सोमबारको हो ।
प्रितमको साथबाट बरामद भएको नगदमा थोरै मात्रै ५ सयका नोट छन् अरु सबै २ हजार दरका नोट छन् । यति धेरै पैसा बरामद हुँदा एसटिएफका सुरक्षाकर्मी पनि चकित परेका थिए । सोधपुछमा प्रितमले यो पैसा कहाँबाट आयो, कसको हो जस्ता प्रश्नको उत्तर दिन सकेनन् । यो पैसा कहाँबाट आयो भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।







डिसी नेपाल







Facebook Comment