५ वर्षभित्र एक्कासी समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्ने र कैयौं सहर डुब्ने
काठमाडौं। आगामी ५ वर्षमा जुनसुकै बेला समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्न सक्छ । यसो हुँदा समुद्र किनारमा रहेका कैयौं सहर डुब्न सक्छन् । र, यो घटना जुनसुकै बेला हुन सक्छ । यो घटनाको जोखिम दक्षिणी ध्रुपमा रहेको अन्टार्कटिकामा रहेको थ्वाइट्स ग्लेशियरका कारण बढिरहेको छ ।
अन्टार्कटिकाको थ्वाइट्स ग्लेसियर चर्किन थालेको छ । यसमा लामो दरार आउन थालेको छ । यो दरार बढ्दै गएपछि यो ग्लेशियर फुट्नेछ जसले पृथ्वीमा कैयौं खतरा उत्पन्न गर्नेछ । यो ग्लेशियरको फुटेर टुक्रिन लागेको टुक्रा मात्रै अमेरिकाको फ्लोरिडा राज्यजत्रो फराकिलो छ । यो ग्लेसियर ४ किलोमिटर बाक्लो भएको वैज्ञानिकहरुले बताएका छन् ।
बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार विशेषज्ञहरुले आगामी ५ वर्षभित्र थ्वाइट्स ग्लेशियर फुट्ने चेतावनी दिएका छन् । यो टुक्रा फुटेर समुद्रमा मिसिँदा विश्वभरी समुद्रको जलस्तर २५ इन्च बढ्नेछ । यसरी बढ्दा समुद्र किनारमा रहेका कैयौं ठाउँहरु डुब्नेछन् ।
सोमबार जारी गरिएको नयाँ डेटाका अनुसार महासागरको तापक्रम बढ्दै जाँदा थ्वाइट्स इस्टर्न आइस सेल्फले आफ्नो पकड गुमाइरहेको छ जुन पकडले यसलाई बाँकी ग्लेशियरसँग जोडेर राख्नको लागि एक पिनिङ प्वाइन्टको काम गर्छ । विशेषज्ञले यो ग्लेशियरमा आइरहेको दरबरको गति निकै तीब्र भएको चेतावनी दिएका छन् ।
अमेरिकन जियोफिजिकल युनियनको वार्षिक बैठकमा पेश गरिएको स्याटेलाइट आंकडामा ग्लेशियरमा कैयौं ठूला र छड्के दरार परेको देखिएको छ । अनुसन्धानकर्ताले भनेका छन् ‘यदि तैरिरहेको बरफको चट्टान फुट्यो भने थ्वेट्स ग्लेशियरबाट विश्वव्यापी रुपमा समुद्रको जलस्तर २५ प्रतिशतसम्म बढ्नेछ ।’
विशेषज्ञ प्रोफेसर टेड स्काबोसले बीबीसीसँग कुरा गर्दै भने ‘ग्लेशियरमा एक दशकभन्दा पनि कम समयमा ठूलो परिवर्तन हुन गइरहेको छ । धेरै रिसर्चहरुले यही दिशातर्फ इशारा गर्छन् ।’ ओरेगोन स्टेट युनिभर्सिटीका रिसर्च चीफ इरिन पेट्टिटले यो ग्लेशियर फुटिसकेपछि पनि कैयौं अरु ग्लेशियर अन्टार्कटिकाबाट अलग हुने बताए ।







डिसी नेपाल







Facebook Comment