अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध

डिसी नेपाल
२९ मंसिर २०७८ १२:५९
112
Shares

काठमाडौं। अफगानिस्तानको मुद्रा अफगानी विदेशी मुद्राको तुलनामा निकै कमजोर भइरहेका बेला त्यहाँको सरकारले देशमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ । अफगानिस्तानको उपप्रधानमन्त्री अब्दुल सलमान हनाफीले मंगलबार काबुलमा एक पत्रकार सम्मेलन गरेर अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरे ।

हनाफीले देशका सबैलाई देशभित्र अफगानिस्तानको राष्ट्रिय मुद्रा अफगानी प्रयोग गर्न भनेका छन् । हनाफीले मंगलबार पत्रकार सम्मेलनमा भने ‘हामीले अधिकारीहरु र सुरक्षा बलहरुलाई विदेशी मुद्राको प्रयोग बन्द गर्न भनेका छौं । यदि कोही विदेशी मुद्राको प्रयोग गरिरहेको भेटियो भने कडा कारवाही गरिनेछ ।’ तालिबान सत्तामा आएपछि अफगानिस्तानलाई आउने कैयौं किसिमका विदेशी सहयोग बन्द भएको र अमेरिकाले अफगानिस्तान सरकारको सम्पत्ति जफत गरेका कारण त्यहाँ मानवीय संकटको स्थिति उत्पन्न भएको छ ।

अफगानिस्तानका अर्का उपप्रधानमन्त्री मुल्ला बरादरले अमेरिकाले जफत गरेको पैसा अशरफ गनीको नभएको र अफगानिस्तानका नागरिकको भएको बताएका छन् । आइतबार १ डलरको मूल्य ११० अफगानी थियो । अफगानिस्तानको अर्थव्यवस्थाको निगरानी गरिरहेकाहरुका अनुसार डलरको कमीका कारण यसको मूल्य लगातार बढिरहेको छ र अफगानी कमजोर भइरहेको छ । डलरको माग लगातार बढिरहेको छ र त्यो हिसाबले बजारमा आपूर्ति छैन । सोमबार १ डलरको मूल्य १३० अफगानी भएको थियो । १ हप्ता पहिले १ डलरको मूल्य १०० अफगानीभन्दा कम थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *