हेलिकप्टर दुर्घटनामा बाँचेका एकमात्र भारतीय सैन्य अधिकारीको पनि मृत्यु
काठमाडौं। भारतको तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा एक्लै बाँचेका भारतीय सेनाका अधिकारी ग्रुप क्याप्टेन वरुण सिंहको पनि मृत्यु भएको छ । ८ डिसेम्बरमा तमिलनाडुको कुन्नुरमा भएको हेलिकप्टर दुर्घटनामा परेका १४ जनामध्ये १३ जनाको त्यतिबेलै मृत्यु हुँदा वरुण सिंह मात्र बाँचेका थिए । बुधबार उनको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ ।
IAF is deeply saddened to inform the passing away of braveheart Group Captain Varun Singh, who succumbed this morning to the injuries sustained in the helicopter accident on 08 Dec 21. IAF offers sincere condolences and stands firmly with the bereaved family.
— Indian Air Force (@IAF_MCC) December 15, 2021
यो दुर्घटनामा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, उनकी पत्नी मधुलिकासहित हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ । तमिलनाडुमा एक कार्यक्रमका लागि गएका सीडीएस रावतको हेलिकप्टर उडेको केही बेरमै दुर्घटना भएको थियो ।







डिसी नेपाल







Facebook Comment