यौन दुर्व्यवहारकाे आरोप लगाउँदै एलन मस्कको टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी
न्युयोर्क। विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन्।
‘सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्रजस्तो देखिन्छ,’ ६ जनामध्ये एक जनाको उजुरीमा भनिएको छ।
क्यालिफोर्नियाको एउटा अदालतमा दायर गरिएका ६ अलगअलग उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरुले महिलासँग यौन प्रस्ताव गरेको, उनीहरुको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ।
उजुरी गर्ने पाँच जनामध्ये चार जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत रहेको जनाइएको छ। कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुद्ध अश्लिल टिप्पणी गरिएको उजुरी गर्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छिन्।
उजुरीवारे टेस्लाले कुनै टिप्पणी गरेको छैन् । टेस्लाका मालिक एलन मस्कको व्यक्तिगत ट्विटले अहिले उनीहरुको गुनासो अेझेलमा परेको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment