पाकिस्तानमा श्रीलंकालीको हत्याः विश्वकप विजेता कप्तानको अर्का विश्वविजेता कप्तानलाई पत्र

डिसी नेपाल
१ पुष २०७८ ११:११
196
Shares

काठमाडौं। १९९६ को क्रिकेट विश्वकप जित्ने श्रीलंकाली कप्तान अर्जुन रणतुंगाले १९९१ को क्रिकेट विश्वकप जित्ने पाकिस्तानी कप्तान तथा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई खुला पत्र लेख्दै पाकिस्तानको सियालकोटमा भिडले श्रीलंकाली नागरिकको हत्या गरेको विषयमा ध्यानाकर्षण गराएका छन् । पाकिस्तानको सियालकोटमा ३ डिसेम्बरमा एक कारखानामा काम गर्ने कामदारले त्यहाँका म्यानेजर श्रीलंकाली नागरिक प्रियंथा दियावदानाको इशनिन्दाको आरोपमा कुटेर हत्या गरेका थिए ।

खुला पत्रमा रणतुंगाले लेखेका छन् ‘इमरान खान पाकिस्तानी समुदायका केही बाटो बिराएका व्यक्तिहरुलाई कुनै पनि व्यक्तिसँग गर्ने व्यवहारबारे सिकाउन सक्षम हुनुहुनेछ । त्यही सम्मान र गरिमा जसको सबै मानिस हकदार छन् ।’ रणतुंगाले दुई देशबीचको बन्धन सधैं शक्ति र एकजुटताको रहेको बताउँदै लेखेका छन् ‘जब श्रीलंका एकपटक निराशामा थियो त्यो पाकिस्तान थियो जसले हाम्रा सैनिकको समर्थन गर्यो र १९९६ मा जब अन्य देशहरुले श्रीलंकामा चलिरहेको गृहयुद्धका कारण क्रिकेट विश्वकपमा भाग लिन अस्वीकार गरे त्यतिबेला पाकिस्तान एवं अन्य एसियाली देशहरुजस्तै हाम्रो साथमा उभियो र सहयोगी एसियाली टिमको साथमा श्रीलंका आएर समर्थन गर्यो ।’

रणतुंगाले इमरान खान क्रिकेटको मैदानमा होस् वा राजनीतिमा सबैं चुनौतीको सामना गर्न अडिग रहेको बताउँदै यो जघन्य अपराधमा संलग्न दोषीहरु खोज्ने र पीडितलाई न्याय दिलाउने प्रयासका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *