विश्वप्रसिद्ध गायिकाले भनिन् ‘११ वर्षमै पोर्न हेर्ने लत लाग्यो जसले मलाई बर्बाद बनायो’
काठमाडौं। विश्वप्रसिद्ध ग्रामी अवार्ड विजेता गायिका बिली इलिसले पोर्न हेर्नु कुनै पनि व्यक्तिको लागि निकै खतरनाक हुने बताएकी छिन् । एक अन्तरवार्तामा इलिसले आफ्नो अनुभव साझा गर्दै आफ्नो जिन्दगी पोर्नका कारण बर्बाद भएको बताएकी छिन् । बिलीका अनुसार उनले निकै कम उमेरदेखि पोर्न हेर्न थालेकी थिइन् ।
बीबीसीमा प्रकाशित रिपोर्टअनुसार बिलीले पहिलो पटक पोर्न हेर्दा उनको उमेर ११ वर्ष मात्र थियो । उनका अनुसार पोर्न हेर्न थालेपछि उनको मानसिक अवस्था बिग्रिएको थियो र उनले रातमा डरलाग्दा सपना देख्न थालेकी थिइन् । बिलीका अनुसार उनले यो कुरा आमालाई बताउँदा आमा निकै रिसाएकी थिइन् । बिलीको बुझाइमा पोर्नले हाम्रो शारीरिक सम्बन्धप्रतिको सोचलाई साँधुरो पारिदिन्छ र हामीले बुझ्न सक्दैनौं कि कसैसँग शारीरिक रुपमा निकट हुँदा के सामान्य हो ।
आफ्नो दोस्रो एल्बम ह्याप्पीअर देन इभरको एक गीतमा पनि उनले यो कुरा उल्लेख गरेकी छिन् कि कसरी उनी घरमा एक्लै हुँदा ध्यान मोड्न पोर्नोग्राफीको सहारा लिन्छिन् । बिलीका अनुसार उनलाई कहिलेकाहीँ यति पोर्न किन हेर्छु भनेर आफैसँग रिस उठ्थ्यो । २० वर्षकी बिलीलाई सानैदेखि संगीतमा रुची थियो । उनले ४ वर्षमै पहिलो गीत लेखेकी थिइन् । २०१९ मा उनलाई ग्रामी अवार्डमा ६ विधामा मनोनयन गरिएकोमा ५ विधामा अवार्ड नै जितिन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment