महारानी एलिजाबेथभन्दा धनी छिन् ‘सोहोकी राजकुमारी’ इण्डिया
काठमाडौं। इण्डिया रोज जेम्स नामकी युवतीका केही शाही तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यी युवती बेलायतकी महारानी एलिजाबेथभन्दा धनी रहेको बताइएको छ । यो कुराको खुलासा त्यतिबेला भएको थियो जब इण्डियाले आफ्नो ३० औं जन्मदिनमा केही तस्वीर शेयर गरेकी थिइन् ।
डेलीमेलका अनुसार बेलायतकी इण्डिया रोज जेम्सलाई ‘सोहोकी राजकुमारी’ पनि भनिन्छ । उनीसँग यति धेरै सम्पत्ति उनका हजुरबुवाबाट आएको बताइन्छ । इण्डियाका हजुरबुवा पल रेमण्ड पोर्न उद्योगमा काम गर्थे । इण्डियासँग ३२९ मिलियन पाउण्ड (५३ अर्ब रुपैयाँ भन्दा धेरै) सम्पत्ति छ ।
हालै इण्डिया ह्यारी पोटर थिम पार्टीमा पनि पुगेकी थिइन् जहाँ उनले कस्टम मेड बलगाउन लगाएकी थियन् । यो बलगाउन मल्टिकलर थियो र यसमा धेरै एलइडी लाइट जडान गरिएका थिए । यो गाउनलाई लण्डनका कस्टम ड्रेस डिजाइनर सोनी टसेलले बनाएका थिए । यसको मूल्य कति थियो यो कसैलाई थाहा छैन ।
२०१५ मा इण्डियाको नाम सबैभन्दा कम उमेरका धनीको सूचीमा समावेश गरिएको थियो किनकि उनका अजुरबुवाले उनको नाममा अरबौंको सम्पत्ति छोडेर गएका थिए । इण्डिया र उनकी २८ वर्षकी बहिनी फनको लागि उनका हजुरबुवाले आफ्नो सम्पत्तिको ८० प्रतिशत छोडेर गएका थिए । इण्डियाका ५३ वर्षका पिता हावर्डले भने केवल २० प्रतिशत पाए किनकि उनलाई कम उमेरमै नशाको लत लागेको थियो ।







डिसी नेपाल







Facebook Comment