चीन र रुसका राष्ट्रपतिको बैठकमा के–के विषयमा चर्चा भयो ?

डिसी नेपाल
१ पुष २०७८ १५:०५
152
Shares

काठमाडौं। चीनका राष्ट्रपति शी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भर्चुअल बैठक भएको छ । दुई देशका शीर्ष नेताहरुले बढ्दो अमेरिकी गतिरोधका बीच एक अर्काको समर्थन गर्ने कुरा दोहोर्याएका छन् । दुपै नेताहरुको यो बैठकपछि रुसी राष्ट्रपति पुटिन २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिकको उद्घाटनमा सहभागी हुने अपेक्षा पनि गरिएको छ ।

बुधबार भिडियो कन्फ्रेन्समार्फत भएको बैठकमा पुटिनले आफू ओलम्पिक उद्घाटनमा आउने बताएका थिए । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार यो वार्ताको क्रममा चीनका राष्ट्रपति शी जिनपिङले रुसी राष्ट्रपति पुटिनसमक्ष द्विपक्षीय सम्बनध र अन्तर्राष्ट्रिय मुद्दामा दुवै देशको सम्बन्ध गहिरो हुने अपेक्षा व्यक्त गरेका थिए । उनले आफ्नो सम्बोधनमा खेलबारे उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध गहिरो बनाउन खेल एक सेतुजस्तै भएको बताए ।

रुसी राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपतिलाई विन्टर ओलम्पिकको उद्घाटनमा निम्ता दिएकोमा धन्यवाद दिए । पुटिनले यो खेलको उद्घाटनको क्रममा दुई नेताहरु व्यक्तिगत रुपमा भेट्न पाइने अपेक्षा व्यक्त गरे । उनले यो पनि भने कि ओलम्पिकको उद्घाटन भन्दा पहिले पनि उनीहरुले आपसमा कुराकानी गर्नेछन् । रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले यो वार्तामा भने ‘जब कुरा अन्तर्रांष्ट्रिय खेल सहयोगको हुन्छ हामी सधैं एक अर्कालाई सहयोग गर्छौं र समर्थन दिन्छौं । जसमा खेल र ओलम्पिकलाई लिएर हुने राजनीतिकरणको सन्दर्भमा हाम्रो स्थिति पनि समावेश छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *