४० वर्षपछि पहिलो पटक बेलायती सेनाले खसालिदियो शत्रुको ड्रोन
लन्डन। बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको छ। करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो। इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन्।
दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको हो। आकाशबाट छोटो दुरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्रको प्रयोग गरेर ड्रोन खसालिएको थियो । ड्रोन खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र ध्वानीभन्दा चाँडो गतिमा उड्न सकिने बताइएको छ।
रक्षामन्त्री बेन वालेसले हवाई क्षेत्रमा बेलायती सेनाले कुनै पनि बेला शत्रुलाई निशाना बनाउन सामथ्र्य रहेको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment