दिल्लीमा मसाज केन्द्रमा लगाएको प्रतिबन्ध उच्च न्यायलयले उल्ट्यायो
नयाँ दिल्ली। दिल्लीमा विपरित लिंगीबीच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालतल रोक्न आदेश दिएको छ । सरकारले लगाएको प्रतिबन्धमाथि परेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतकी न्यायाधीश रेखा पालीले स्पा र मसाज केन्द्रमा लगाइएको अकस्मातको प्रतिबन्धले त्यस क्षेत्रमा काम गर्ने हजारौं मानिसहरु प्रभावित हुने भन्दै प्रतिबन्ध रोक्न आदेश दिएकी हुन्।
‘विपरित लिंगीबीच हुने मसाजमाथिको पूर्ण प्रतिबन्ध मसाज उद्योग नियन्त्रण गर्ने नीतिसँग कुनै सम्बन्ध छैन,’ फैसलामा भनिएको छ। प्रतिबन्ध लगाउनुभन्दा पनि सरकारले मसाज उद्योगमा गैरकानुनी तस्करी र वेश्यावृत्ति छैन भन्ने सुनिश्चितता गर्नुपर्ने फैसलामा जनाइएको छ।
मसाज हाउस वेश्यावृत्तिको रुपमा रुपान्तरण भएको भन्दै केही महिनाअघि दिल्ली सरकारले प्रतिबन्ध लगाएको थियो। मसाज गर्ने बहानमा गोप्य यौन धन्दा सञ्चालन भएको र त्यस्ता गतिविधिमा एउटा गिरोह नै सक्रीय भएको सरकारले बताउँदै आएको छ।
तर, मसाजगृह बन्दा गर्दा यसले धेरै मानिसको जीविकोपार्जनमा असर गर्ने अदालतको फैसलामा उल्लेख छ। दिल्लीमा दशौं हजार मसाज र स्पा सेन्टरमा लाखौं मानिसले रोजगारी पाएका छन्। तर, मसाजको बहानामा यौन धन्दा चलाएको ती सेन्टरमाथि आरोप लाग्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment