ग्राहकले एउटा रोल किन्दा ५ लाख रुपैयाँ पैसा लिने रेष्टुरेण्टकी कर्मचारी त्रसित

डिसी नेपाल
३ पुष २०७८ १०:१७
7.3k
Shares

काठमाडौं। ग्राहकले एउटा रोल किनेपछि त्यसको मूल्यवापत ५७३ रुपैयाँ लिनुपर्नेमा झण्डै ५ लाख रुपैयाँ लिने रेष्टुरेण्टकी कर्मचारी अहिले लज्जित र त्रसित छिन् । ग्राहकले ५७३ रुपैयाँको स्टिक बेक ससेज रोल किनेका थिए । उनले यसको पैसा कार्डमार्फत तिरे । रेष्टुरेण्टकी कर्मचारीले भने उनको कार्डबाट ५७३ रुपैयाँ काट्नुपर्नेमा झण्डै ५ लाख रुपैयाँ काटिदिइन् ।

बेलायतको बेकरी चेन ग्रेग्समा यो घटना भएको हो । डेलीस्टारका अनुसार यो गल्ती गर्ने ग्रेग्सकी कर्मचारीले नै एउटा भिडियो पोस्ट गरेर यो घटनाबारे जानकारी दिएकी हुन् । ग्रेग्सकी कर्मचारी ज्यासमिन ओलिभियाका अनुसार उनले गल्तीवश कार्डबाट झण्डै ५ लाखको बिल बनाइदिइन् । जबकि बिल मात्रै ५७३ रुपैयाँको बनाउनुपर्ने थियो ।

ज्यासमिनले टिकटकमा एउटा भिडियो पोस्ट गर्दै आफ्नो गल्ती स्वीकार गरेकी छिन् । भिडियोमा उनले भनेकी छिन् ‘मबाट गल्ती भयो । अअब म डराइरहेकी छु । मलाई डर छ कि अक मेरो जागिर जान सक्छ ।’ खासमा ज्यासमिनले ३.६० पाउण्ड पैसा लिनुपर्ने थियो । तर, उनले गल्तीवश ३०६० पाउण्ड टाइप गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *