छ वडा कार्यालय भवनको पुनःनिर्माण सम्पन्न

डिसी नेपाल
३ पुष २०७८ १७:०८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्ममा छ वटा वडा कार्यालय भवन पुनःनिर्माण सम्पन्न गरेको छ ।

पुनःनिर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि जीर्ण अवस्थामा रहेका वडा कार्यालय रहेको कामपाले जानकारी गराए । हालसम्म निर्माण कार्यसम्पन्न भएका वडा भवनमा ३, ४, ९, १४, १८ र २६ रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

प्रवक्ता डङ्गोललका अनुसार हाल पुनःनिर्माणको चरण रहेका वडा भवन २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ रहेका छन् । त्यसैगरी वडा ५, ६, ७, १०, ११, १५, २३ र ३२ का भवन स्तरोन्नति गरिएको छ । पछिल्लो समय निर्माण सम्पन्न गरिएका र निर्माणाधीन अवस्थामा रहेका भवन सबै नेपाली वास्तुकला झल्कने किसिमका छन् ।

त्यसैगरी कामपाकै समन्वयमा काष्ठमण्डप र कमल पोखरीको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । हाल विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेका भूकम्पका कारण क्षति भएकामध्ये २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन् । केही तत्काल पुनःनिर्माण गर्ने तयारीमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *