बलात्कारबारे ठट्टा गर्ने भारतीय सांसदलाई आफ्नै अभिव्यक्ति महंगो सावित

डिसी नेपाल
४ पुष २०७८ ७:५७
444
Shares

नयाँ दिल्ली। दक्षिणी भारतको कर्नाटकमा बलात्कारबारे ठट्टा गर्ने एक सांसदले माफी मागेका छन्। ‘एउटा भनाई नै छ नि जहाँ बलात्कार अपरिहार्य बनेको छ, झुट बोल्नु र यसैमा रमाउनुहोस,’ कंग्रेस पार्टीको तर्फबाट कर्नाटकको विधान सभामा निर्वाचित सांसद आरके रमेश कुमारले केही दिनअघि विधान सभामा भनेका थिए । उनको अभिव्यक्तिपछि विधान सभाका सभामुख विश्वेश्वर कागेरी र अन्य सांसदसमेत हाँसेका थिए।

विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोधपछि रमेश कुमारले माफी माग्न बाध्य भएका हुन्। आफ्नो भनाईले कसैलाई चोट पुग्न गएमा खुला ह्दयदेखि क्षमा याचना गरेको उनले बताएका छन्। ‘महिलालाई अपमान गर्ने मेरो कुनै आशय थिएन । त्यस्तै, विधान सभाको गरिमा घटाउने वा बलात्कारबारे ठट्टा गर्ने कुनै नियत थिएन’, कुमारले भनेका छन्।

सांसदहरुलाई काबुमा राख्न नसकेको र लाचारीपन देखाएको सभामुखमाथि आरोप लागिरहेका बेला कुमारको अभिव्यक्ति आएको थियो।

कुमारको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कुमारकै कंग्रेस पार्टीका सांसदहरुले बिरोध गरेका थिए । उनका अभिव्यक्तिले महिलालाई अपमान गरेको भाजपाकी सांसद पूर्णिमा श्रीनिवासले बताएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *