पाकिस्तानमा श्रीलंकाली नागरिकजस्तै भारतमा पनि धर्मको नाममा हत्या भएपछि बबाल
काठमाडौं। भारतको पञ्जाब राज्यको अमृतसरस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । शिख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो । ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए ।
उनले शिखहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिब अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेटा बाँधेका ती युवकको अस्वभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए ।
सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेरको भिडियो फुटेजमा अन्दाजी २५ वर्ष ती व्यक्तिको अस्वभाविक गतिविधिपछि प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए । त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फालेका थिए । एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेका थिए । लगत्तै उनको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
CM also called up SGPC President and assured his government’s full support and cooperation to get into the bottom of the case.
(3/3)— CMO Punjab (@CMOPb) December 18, 2021
अमृतसरबाट मात्रै १०० किलोमिटर टाढा रहेको पाकिस्तानको सियालकोटमा पनि करिब २ हप्ता अगाडि मात्र धर्मकै नाममा एक श्रीलंकाली नागरिकको हत्या भएपछि यसले अन्तर्राष्ट्रिय स्तरमै तरंग ल्याएको थियो । पाकिस्तानको सियालकोटमा २ हप्ताअघि श्रीलंकाली नागरिकको निर्ममतापूर्वक हत्या गरेर उनको शवलाई जलाइएको थियो ।
पुलिसका अनुसार भीडले ती व्यक्तिमाथि ईशनिन्दाको आरोप लगाउँदै उनलाई कुटेर मारेको थियो । सियालकोटको एक निजी फ्याक्ट्रीमा एक्पोर्ट म्यानेजरको रुपमा काम गर्ने व्यक्तिमाथि आक्रमण गरेर हत्या गरिएको थियोे । सियालकोट डिस्ट्रिक्ट पुलिस अफिसर उमर सइद मलिकले श्रीलंकाली नागरिक प्रियंथा दियावदाना कुमारा भएको बताएका थिए । फ्याक्ट्रीका कामदारहरुले म्यानेजरमाथि पैगम्बर मोहम्मदको पोस्टर च्यातेको आरोप लगाएका थिए ।
यो घटनापछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले दोषीलाई कारवाही गरी पीडितलाई न्याय दिलाउन पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग आग्रह गरेका थिए । पाकिस्तान प्रधानमन्त्री इमरान खानले समेत श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई फोन गरेर यो घटनाले आफूसहित आफ्नो देश नै लज्जित भएको भन्दै देशको तर्फबाट माफी मागेका थिए । यो घटनामा कानुनी कारवाही जारी छ र यसको स्वयं प्रधानमन्त्री इमरान खानले निगरानी गरिरहेका छन् ।







डिसी नेपाल







Facebook Comment