विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन

डिसी नेपाल
४ पुष २०७८ ११:०८
1.9k
Shares

काठमाडौं। विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्ति दावी गरिएकी चीनकी अलिमिहान येयितीको निधन भएको छ । शिनजियांग उइगुर स्वायत्त षेत्रमा बस्ने सेयितीको १३५ वर्षको उमेरमा निधन भएको हो । स्थानीय अधिकारीहरुले शनिबार यसको जानकारी दिएका हुन् । देशको प्रचार विभागका अनुसार काशगर पान्तमा शुले काउन्टीको कोमक्सरिक टाउनशिप निवासी सेयितीको जन्म २५ जून १८८६ मा भएको थियो ।

यो क्षेत्रलाई लामो आयु भएका मानिसहरुको लागि चिनिने बताइएको छ । यहाँ ठूलो संख्यामा पाका मानिसहरुको उमेर ९० वर्षभन्दा धेरै छ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार २०१३ मा उनी ‘चाइना एसोसिएसन अफ गेरोन्टोलोजी एण्ड जेरियाट्रिक्स’ले जारी गरेको आंकडामा देशका सबैभन्दा वृद्ध व्यक्तिहरुको सूचीमा शीर्ष स्थानमा थिइन् ।

अलिमिहान सेयितीका परिवारका अनुसार उनी सामान्य जीवन बाँच्थिन् । समयमा खाना खाइरहन्थिन् । यसका अलावा उनलाई दिनहुँ घाम ताप्नु निकै मन पर्थ्यो । यति धेरै उमेर भएर पनि उनलाई पनातीको हेरचाहमा सहयोग गरिरहेको देखिन्थ्यो । परिवारले पनि उनको मृत्युको कारण प्राकृतिक भएको बताएका छन् ।

अलिमिहान सेयितीको निधन बिहीबार भएको हो । मृत्यु भन्दा पहिले उनको निकै सहज र नियमित दैनिक जीवन थियो । उनी सधैं समयमा खाना खान्थिन् र आँगनमा घाम ताप्थिन् । उनी बस्ने कोमक्सरिक सहरलाई दीर्घायु सहरको रुपमा चिनिन्छ । यहाँ स्थानीय सरकारले ६० वर्षभन्दा माथिकालाई अनुबन्धित डाक्टर सेवा, निःशुल्क वार्षिक शारीरिक जाँच र मासिक सब्सिडी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *