भारतमा धर्मको नाममा ठूलो हिंसाको त्रास, भिडले अर्का युवकलाई निर्घात कुटेर गायब पारे
काठमाडौं। भारतको अमृतसरस्थित श्री दरबार साहिबमा शिख धर्मको अपमान गरिएको भन्दै एक युवकको भिडले कुटेर हत्या गरेको घटना सेलाउन नपाउँदै फेरि अर्को घटना भएको छ । कपूरथला जिल्लाको निजमपुर गाउँको गुरुद्वारामा एक व्यक्तिले निशान साहिबको अपमान गरेको भन्दै भिडले फेरि अर्का युवकलाई निर्घात कुटपिट गरेका छन् । गाउँलेहरुले ती युवकलाई समातेर निर्घात कुटपिट गरेर भिडियो पनि बनाएका छन् ।
भिडियोमा गाउँलेहरुले नजिकै पुलिस चौकी छ तर उसलाई पुलिसलाई बुझाउँदैनौं भन्दै गरेको सुनिन्छ । उनीहरुले शिख संगठनहरुलाई बोलाएको र उनीहरुले नै यसको फैसला गर्ने, त्यतिबेलासम्म युवकलाई आफ्नै नियन्त्रणमा राख्ने बताएका छन् । कुटपिटपछि युवक गायब छन् । उनी कहाँ छन् भन्ने कुनै जानकारी छैन । पुलिसले पनि उनलाई हिरासतमा लिएको पुष्टि गरेको छैन ।
गाउँलेहरुका अनुसार कपूरथला रोडमा निजामपुर मोड गुरुद्वारा साहिबमा अपमानको कोसिस भएको बताएका छन् । बिहान करिब ४ बजे गाउँलेहरु नितनेम गर्नको लागि उठे । त्यतिबेला यी व्यक्ति निशान साहिबको अपमान गरिरहेका थिए । गाउँलेहरु पुगेपछि आरोपी भाग्ने कोसिस गरेका थिए । २ घण्टा पिछा गरेपछि उनलाई समातिएको हो ।
गाउँलेले युवक दिल्लीबाट आएको बताएका छन् । सोधपुछमा युवकले आफूलाई पैसा दिएर यस्तो गर्न पठाइएको बताउका छन् । उनले यसबाहेक आफ्नो बारे केही बताएका छैनन् । उनले आफ्नो नाम पनि बताएका छैनन् । यसअघि अमृतसरस्थित शिख धर्मको सर्वोच्च स्थान श्री दरबार साहिबमा एक व्यक्तिले श्री साहिबको अपमान गरेपछि भिडले कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।







डिसी नेपाल







Facebook Comment