भारतमा २ दिनमा २ युवकको धर्मको नाममा भीडले कुट्दा मृत्यु, पुलिसको बयानले दंगाको त्रास
काठमाडौं। भारतमा धर्मको नाममा भीडले गरेको कुटपिटबाट २ दिनमा २ युवकको मृत्यु भएको छ । आइतबार पंजाबको कपुरथलामा निशान साहिबको अपमान गरेको आरोपमा भीडले निर्घात कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । यसअघि शनिबार पनि अमृतसरमा स्वर्ण मन्दिरमा यस्तै घटनामा भीडले कुटेर एक युवकको मृत्यु भएको थियो । पुलिसले भने यो मामिला अपमानको नभइ चोरीको भएको बताएको छ ।
आइतबार बिहान कथित रुपमा एक युवकले कपुरथलामा निशान साहिब हटाउने कोसिस गरेका थिए । आरोपीलाई समात्न खोज्दा उनी भागे । केही बेरपछि स्थानीयले उनलाई समाते । जानकारीका अनुसार भिडले उनलाई निर्घात कुपिट गरेपछि उनको मृत्यु भयो । यो घटनापछि कपुरथला पनि तनावग्रस्त भएको छ । कपुरथला गुरुद्वाराले एक बयान जारी गर्दै पुलिस र कुनै पनि एजेन्सीलाई यो मामिलामा हस्तक्षेप नगर्न भनेको छ ।
बयानमा पंजाब पुलिस र राज्य सरकार अपमानको मामिलाका लागि समान रुपले जिम्मेवार भएको आरोप लगाउँदै मानिसहरुलाई ठूलो संख्यामा जम्मा हुन भनिएको छ । गुरुद्वाराको यो बयान र पुलिसले ‘अपमानको नभइ चोरीको’ मामिला भन्नुले यहाँ हिंसा बढ्न सक्ने र दंगा हुन सक्ने त्रास बढेको छ । भिडले युवकलाई समातेपछि पनि नजिकै पुलिस चौकी भए पनि आरोपीलाई पुलिसलाई नबुझाउने बताएका थिए ।







डिसी नेपाल







Facebook Comment