यी हुन् चिलीको इतिहासमै कम उमेरका राष्ट्रपति

डिसी नेपाल
५ पुष २०७८ १२:०४
120
Shares

सान्टियागो। चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित भएका छन्। दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरि ३५ वर्षीय बोरिस विजयी भएका हुन्।

अधिकांश मतगणना हुँदा बोरिसले ५६ प्रतिशत मत प्राप्त गरेका छन्। कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका छन्। मतदान सम्पन्न भएको डेढ घन्टामै कास्टले आफ्नो पराजय स्वीकारेका थिए।

निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ। ३५ वर्षीय बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुनेछ। त्यस्तै, उनी विश्वमै कान्छो नेतामध्ये एक हुनेछन्।

देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन भइरहेको पृष्ठभूमिमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो । पूर्वविद्यार्थी नेता बोरिसले असमानताविरुद्ध सरकारविरोधी आमप्रदर्शन र सन् २०१९ तथा सन् २०२० भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन जनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *