बच्चन परिवार संकटमा, अभिषेकले बयान दिए, ऐश्वर्या आज जाँदै, अमिताभलाई बोलाइँदै

डिसी नेपाल
५ पुष २०७८ १२:०८

काठमाडौं। विश्वको बहुचर्चित पनामा पेपर्स मामिलामा बच्चन परिवारको कठिनाइ बढेको छ । आज बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दिल्लीको लोकनायक भवनमा प्रवर्तन निर्देशनालय (इडी) को अगाडि पेश हुँदैछिन् । सूत्रका अनुसार इडीका अधिकारीहरुले प्रश्नको सूची पहिले नै तयार गरिसकेका छन् ।

पनामा पेपर्समामिलामा भारतका करिब ५०० जनाको नाम भएको बताइएको छ । यो सूचिमा नेता, अभिनेता, खेलाडी, व्यवसायिकसहित धेरै वर्गका प्रमुख व्यक्तिहरुको नाम छ । यी व्यक्तिहरुमाथि कर हेराफेरी गरेको आरोप छ । यस विषयमा कर अथोरिटीले जाँच गरिरहेको छ । पनामा पेपर्स मामिलामा लामो समयदेखि जाँच चलिरहेको छ । इडीका अधिकारीहरुले देशका कैयौं ठूला हस्तीहरुमाथि जाँच गरिरहेको छ ।

एक महिना पहिले अभिषेक बच्चन पनि इडीको कार्यालय पुगेर बयान दिइसकेका छन् । उनले इडीका अधिकारीहरुलाई केही दस्तावेज पनि बुझाएका छन् । सूत्रका अनुसार इडीले यो मामिलामा छिटै अमिताभ बच्चनलाई पनि नोटिस पठाएर बोलाउँदैछ ।

२०१६ मा बेलायतको पनामाका कानुनी फर्मको १.१५ करोड करका दस्तावेज लिक भएका थिए । यसमा विश्वभरका नेताहरु, व्यवसायीहरु र ठूला हस्तीहरुको नाम सार्वजनिक भएको थियो । भारतका ५०० जनाको नाम यी दस्तावेजबाट सार्वजनिक भएको थियो । यही सूचीमा बच्चन परिवारका सदस्यहरुको नाम पनि छ ।

एक रिपोर्टका अनुसार अमिताभ बच्चनलाई ४ कम्पनीको निर्देशक बनाइएको थियो । यीमध्ये ३ कम्पनी बहामासमा थिए । एउटा भर्जिन आइल्याण्डमा थियो । यी कम्पनीहरु १९९३ मा बनाइएका थिए । यी कम्पनीको संस्थापक पूँजी ५ हजारदेखि ५० हजार डलरबीच थियो । तर, यी कम्पनीहरु ती शिपको कारोबार गर्थे जसको मूल्य करोडौंमा थियो ।

ऐश्वर्यालाई पहिले एक कम्पनकिो निर्देशक बनाइयो । पछि उनलाई कम्पनीको शेयर होल्डर घोषणा गरियो । कम्पनीको नाम अमिक पार्टनर्स प्रा.लि. थियो । यसको मुख्यालय भर्जिन आइल्याण्डमा थियो । ऐश्वर्याका अलावा पिता के राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि कम्पनीमा उनका पार्टनर थिए । यो कम्पनी २००५ मा बनाइएको थियो । तीन वर्षपछि २००८ मा कम्पनी बन्द भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *