म्यानमारको सेनाले फेरि गर्‍याे सर्वसाधारणको नरसंहार

डिसी नेपाल
५ पुष २०७८ १२:२६
112
Shares

म्यानमार। म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन्। जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ।

सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन्। सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ। हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियाे।

विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो।

यीन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ। सेनाले चरम यातना दिएर सर्वसाधरणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन्। ‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन् । अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ ती व्यक्तिले भने।

गत वर्षको फेब्रुवरीमा सेनाले कु गरि सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन्। कुपछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *