श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
काठमाडौँ। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भक्तपुरबाट एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुर केराबारी घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जीवन राई रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति राईले आफ्नै कोठामा २५ वर्षीय श्रीमती मन्दिरा राईलाई कुटपिट गरी मृत अवस्थामा छाडी फरार थिए।
घटनापछि प्रहरी अधिकृतसहितको टोली खटिई राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment