रिसाएका युवकले आफ्नो ८० लाखको टेस्ला कारमा ‘एलन मस्क’लाई राखेर बम पड्काएर उडाइदिए
काठमाडौं। विद्युतीय कार निर्माता कम्पनी टेस्ला आफ्नो आविष्कार र नयाँ प्रविधिको लागि विश्वप्रसिद्ध छ । तर, यही बीचमा टेस्ला कारका एक असन्तुष्ट ग्राहकले यस्एतो कदम उठाए कि मानिसहरु चकित परे । टेस्लाको सेवासँग रिसाएका ती ग्राहकले ३० किलो डायनामाइटको प्रयोग गरेर आफ्नो टेस्ला कार पड्काइदिए । उनले फिनल्याण्डको किमेन्लाक्सोमा आफ्नो कार पड्काइदिएका हुन् । यो कारको मूल्य करिब ८० लाख रुपैयाँ पर्छ ।
आफ्नो युट्युब च्यानलमा यो कार विष्फोटको घटनाको पूरै भिडियो राखिएको छ । यो भिडियो आइतबार प्रिमियर गरिएको हो । भिडियो फिनल्याण्डको हिउँ पर्ने ग्रामीण क्षेत्रको दृश्यबाट सुरु हुन्छ । जहाँ सुनसान ठाउँमा केही मानिसहरु एउटा कारमा डायनामाइट जडान गरिरहेका देखिन्छन् । केही बेरमा एक व्यक्ति जसको नाम टुओमास काताइनेन बताइएको छ उनले २०१३ को टेस्ला मोडल एस कारलाई विष्फोट गरेर ध्वस्त पारिदिन्छन् ।
कार विष्फोट गराउँदा कारभित्र टेस्ला कम्पनीका सीइओ एलन मस्कको पुत्ला पनि राखिएको थियो । भिडियोमा कार विष्फोट गराउनुको कारण बताउँदै युवक भन्छन् ‘जब मैले टेस्ला कार किने त्यसपछि सुरुको १५०० किलोमिटर यो राम्रो चल्यो । तबसम्म यो उत्कृष्ट कार थियो । तर, केही समयपछि यो बिग्रियो । त्यसैले मैले कार बनाउन सर्भिस स्टेशन पठाएँ । लगभग उक महिना वर्कशपमा कार रहिसकेपछि मलाई फोन गरेर भनियो कि उनीहरुले मेरो कारको लागि केही गर्न सक्दैनन् । एकमात्र विकल्प पूरै ब्याट्री सेल बदल्नु पर्छ ।’
युवकका अनुसार पूरै ब्याट्री सेल बदल्नको लागि २० हजार युरो (२७ लाख रुपैयाँ) खर्च हुने बताइयो । यो सुनेपछि उनी मर्मत नगरी कार लिन गए । खासमा मर्मतको शुल्क र मर्मतमा लागेको समयका कारण उनी रिसाएका थिए । त्यसपछि उनले बिग्रिएको कार बम पड्काएर उडाइदिने योजना बनाए । यसको लागि उनले क्यामेरा जडान गरे, डायनामाइट मगाए, सुदूर क्षेत्र रोजे र कार बम पड्काएर उडाइदिए । त्यसपछि उनले यसको भिडियो युट्युबमा शेयर गरिदिए ।







डिसी नेपाल







Facebook Comment