इस्लामिक राष्ट्रको सम्मेलनमा इमरान खानको भाषणले अफगान पूर्वराष्ट्रपति किन आक्रोशित ?
काठमाडौं। अफगानिस्तानमा खराब भइरहेको मानवीय अवस्था र आर्थिक अवस्थाका विषयमा आइतबार पाकिस्तानको संसदमा इस्लामिक देशहरुको ठूलो सम्मेलन भयो । अर्गनाइजेशन फर इस्लामिक कोअपरेशन (ओआइसी) का विदेश मन्त्रीहरुको काउन्सिलको यो सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री यमरान खानले एकातर्फ अमेरिकालाई सुझाव दिए भने आफ्नो देशमा सुरक्षा खतराबारे पनि उनले बोले ।
इमरान खानले अमेरिकालाई लक्षित गर्दै उसले ४ करोड अफगानी जनता र तालिबान शासनलाई अलग गरेर हेर्नुपर्ने बताए । यस क्रममा इमरान खानले आइएसआइएसले पाकिस्तानलाई अफगानिस्तानमा बसेर तर्साउन खोज्ने बताउँदै अफगानिस्तानमा स्थिरताको आवश्यकता भएको बताए । उनले भने ‘अफगान सीमाबाट हामीमाथि, पाकिस्तानमाथि आइएसले आक्रमण गरेको छ ।’
पाकिस्तान अफगानी तालिबानको माध्यमबाट पाकिस्तानी तालिबान अर्थात टीटीपीलाई रोक्न चाहन्छ । पाकिस्तानलाई अर्को खतरा आइएस खुरासानसँग छ जसलाई पाकिस्तान र अफगान तालिबान दुवैले रोक्न चाहन्छन् । अफगानिस्तानको सीमाबाट आइएसले पाकिस्तानमा आक्रमण गरेको इमरान खानको दावीपछि अफगान पूर्व राष्ट्रपति हमिद कारजाइ आक्रोशित भएका छन् । उनले आपत्ति जनाउँदै इमरान खानको भनाइ गलत भएको बताएका छन् ।
हमिद कारजाइले इमरान खानको दावीलाई गलत बताउँदै आइएस अन्यत्र नभइ सुरुदेखि नै पाकिस्तानमा बसेर अफगानिस्तानलाई धम्की दिने गरेको बताए । उनले भने ‘यो कुरा सत्य होइन र अफगानिस्तानविरुद्ध यो स्पष्ट प्रोपोगण्डा हो । वास्तवमा सुरुवातदेखि अफगानिस्तानलाई आइएसको खतरा पाकिस्तानको माध्यमबाट रहेको छ ।’







डिसी नेपाल







Facebook Comment