‘धार्मिक ग्रन्थको अपमान गर्नेलाई सार्वजनिक रुपमा फाँसीमा झुण्ड्याउनुपर्छ’

डिसी नेपाल
५ पुष २०७८ १५:५६
4.9k
Shares

काठमाडौं। पंजाब कांग्रेसका प्रमुख तथा क्रिकेटरबाट राजनेता बनेका नवजोत सिंह सिद्धूले पंजाबमा शान्तिको महोल खराब गर्नको लागि षड्यन्त्र गर्न खोजिएको बताएका छन् ।

उनले भने ‘म नवजोत सिंह सिद्धू यो घोषणा गर्दछु कि जहाँ कहीँ पनि धार्मिक ग्रन्थहरुको अपमान गरिनेछ, चाहे त्यो कुरान शरीफ होस् वा भागवत गीता होस वा गुरु ग्रन्थ साहिब, दोषीहरुलाई सार्वजनिक रुपमा फाँसीमा झुण्ड्याइदिनुपर्छ । उनीहरुलाई संविधानको सबैभन्दा ठूलो सजाय दिइनुपर्छ ।’

सिद्धूले अगाडि भने ‘यसबाट भावनाहरुमा ठेस पुग्छ । गल्ती कसैले पनि गर्न सक्छ तर यो एक समुदायलाई समाप्त पार्ने षड्यन्त्र हो ।’ पछिल्लो केही दिनमा पंजाबमा गुरु ग्रन्थ साहिबको कथित अपमानको २ घटना भएका छन् । यी घटनामा अपमानको लागि कथित रुपमा जिम्मेवार मानिएका २ जनालाई भीडले कुटेर मारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *