साउदीमा अप्रत्यासित घटनाः विश्वभरका डीजको बेजोड प्रस्तुतिमा झुम्यो शाही परिवार

डिसी नेपाल
६ पुष २०७८ १०:२८
20.2k
Shares

रियाद। यो साता साउदी अरेबियामा अप्रत्यासित घटना भएको छ। मुस्लिम देश साउदीमा एउटा उन्माद सांगीतिक कार्यक्रम आयोजना भएको छ । धुमधामका साथ चार दिनसम्म सांगीतिक उत्सव मनाइएको छ।

उत्सवमा अन्तर्राष्ट्रिय डीजेहरुले आफ्नो बेजोड प्रस्तुति दिएका थिए। सांगीतिक महोत्सवमा साउदी शाही परिवारको उत्साहजनक उपस्थिति थियो । सांगीतिक माहौललाई शाही परिवार बस्ने दरबार हाउस अफ साउदले स्वागत गरेको थियो।

कार्यक्रममा विश्वभरका ख्यातिप्राप्त कलाकारहरुको जमघट थियो। टियस्टो, मार्टिन ग्यारिक्स, डेभिड ग्युटालगायत विश्वप्रसिद्ध डीजेको प्रस्तुतिमा शाही सदस्यहरु झुमेका थिए। ‘इतिहासमा नै पहिलो पटक साउदीमा महिला तथा पुरुषले सँगै नृत्य गरेका थिए। यस एतिहासिक कार्यक्रममा सहभागी हुन पाउँदा मलाई साह्रै खुसी लागेको छ,’ डीजे डेभिड ग्युटेले भने।

साउदीको ‘ठूलो क्रान्ति’ को साक्षी बन्दा महिला र पुरुषबीच कुनै विभेद देखिएको थिएन, न त कुनै महिलाले अनुहार ढाक्ने वस्त्र नै लगाएका थिए। त्यस्तै, कार्यक्रममा कुनै धार्मिक प्रतिबन्ध थिएन् । रेड सी इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन सांगीतिक धमका देखिएको थियो । फेस्टिबल निकै रमाइलो भएकाे सहभागीले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *