अमेरिका नियन्त्रित इराकमा चीनको प्रवेश !

डिसी नेपाल
६ पुष २०७८ १२:४०
16.8k
Shares

काठमाडौं। इराकबाट आफ्नो सेना फिर्ता बोलाउने अमेरिकाको घोषणापछि चिनियाँ कम्पनीहरुले लामो समयदेखि युद्धग्रस्त यो देशमा १ हजार स्कुल बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले स्थानीय सूत्रको हवाला दिँदै यसको पुष्टि गरेको छ । टाइम्सका अनुसार सो सम्झौता अन्तर्गत चीनका कम्पनीहरुले इराकमा नयाँ स्कुल परियोजनाको निर्माण र पुराना परियोजनालाई पुनर्निर्माणमा सहयोग गर्नेछन् ।

चिनियाँ व्यवसायीहरुले स्कुल परियोजना फेरि सुरु हुनुले चिनियाँ कम्पनीको बेल्ट एण्ड रोड इनिसिएटिभको साथसाथै यो देशमा चासो बढिरहेको देखिएको बताएका छन् । यी व्यवसायीहरुका अनुसार इराकमा ‘हजारौं कामहरु गरिनुपर्नेछ जसको अहिले प्रतिक्षा भइरहेको छ ।’ चीनको यो लगानीलाई इराकमा अमेरिकी लगानीको अगाडि एक चुनौतीको रुपमा हेरिएको छ । तर, अर्कोतर्फ चीन पनि इराकमा राजनीतिक स्थिरता, सुरक्षा र आपसी विश्वासको मुद्दालाई लिएर थोरै शंकामा छ ।

हालै इराक सरकारले एक ट्वीट गर्दै इराकी प्रधानमन्त्री मुस्तफा अल कदिमीको नेतृत्वमा गत हप्ता स्कुल अनुबन्धमा हस्ताक्षर भएको र यो दुई सरकारबीच एक ढाँचागत सम्झौता भएको बताएको थियो । चीनको पक्षबाट यसमा पावर चाइनाका उपाध्यक्ष र सिनो टेकका क्षेत्रीय निर्देशक सहभागी भएका थिए । ग्लोबल टाइम्ससँग पावर चाइनाका एक प्रवक्ताले आफूहरुले इराकमा ६९७ स्कुलको निर्माण गर्ने र अन्य ३२१ स्कुलको निर्माण सिनो टेकले गर्ने पुष्टि गरे ।

चिनियाँ उद्योगका विशेषज्ञको हवाला दिँदै टाइम्सले लेखेअनुसार यो सम्झौताबाट इराकले तत्काल सहयोग पाउनेछ किनकि शिक्षाको अवसरको कमीका कारण देशको विकास र उसको पुनर्निर्माणका प्रयास पटक पटक अवरुद्ध भइरहेका छन् । संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार स्कुल जाने उमेरका ३२ लाख इराकी बालबालिका शिक्षाको पहुँचबाट बाहिर छन् ।

एक चिनियाँ व्यवसायी चेन शिएनजांगले २० वर्षभन्दा धेरै समयदेखि इराकमा लगानी गरिरहेका छन् । उनले ग्लोबल टाइम्ससँग भने ‘चीनको लगानी मानवतावादको सहयोगबाट बाहिर छ । पूरै इराकमा फैलिएका स्कुलहरुको अर्थ हो सुरक्षामा खर्च निकै धेरै हुनेछ र त्यो पनि त्यतिबेला जब देशमा राजनीतिक अस्थिरता कायम छ र चीनका सरकारी कम्पनीहरुको लागि लाभ निकै कम छ ।’

उनका अनुसार कैयौं वर्षदेखि सुरक्षाको मुद्दाका कारण स्कुल परियोजना निलम्बित रहेका छन् । चेनले केही इराकी व्यवसायीहरुले आफूसँग सम्पर्क गरेको बताउँदै ती व्यवसायीहरुले स्कुल निर्माण परियोजनामा उप–सम्झौताको अपेक्षा गरेको बताए । इराकी मिडियाका अनुसार गत वर्ष नोभेम्बरमा चीन र इराकबीच भएको ७ हजार स्कुल निर्माणको एक ठूलो सम्झौताको यो एक हिस्सा हो ।

चीनको रेनमिन विश्वविद्यालयमा चोंगयांग इन्स्टिच्युट फर फाइनान्सियल स्टडिजका बरिष्ठ शोधकर्ता चोउ रोंगले ग्लोबल टाइम्ससँग भने ‘चीनले इराकमा स्कुल परियोजनाहरु बनाउनु गैर सरकारी पिपुल टु पिपुल र सांस्कृतिक आदान प्रदानको बीउजस्तै हुनेछ ।’ चीन र इराकबीच यस्तो सम्बन्ध यस्तो समयमा बनिरहेको छ जतिबेला अमेरिका विस्तारै मध्यपूर्वमा आफ्नो प्रभाव कम गरिरहेको छ । चीनको वाणिज्य मन्त्रालयका अनुसार चीन इराकी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो ।

चीनका व्यवसायीहरुका अनुसार ऊर्जाको मामिलामा पनि चिनियाँ कम्पनीहरु निर्माण, जल प्रसंस्करण र बन्दरगाहमा लगानी गर्न सक्छन् । चेनले टाइम्ससँग भने ‘इराकमा अहिले पनि ठूला परियोजनाहरु अमेरिका र युरोपेली कम्पनीको एकाधिकारमा छन् । त्यसैले हामीले स्थानीय जनताको साथमा विश्वास बनाउनको लागि समय चाहिन्छ । धार्मिक कारणले इराकमा एक परिपक्व शासन प्रणालीको विकास ढिलो छ जसले व्यवसायिक माहोलमा अनिश्चितता उत्पन्न गर्छ ।’

ग्लोबल टाइसले विश्लेषकको हवाला दिँदै लेखेको छ – मध्यपूर्वमा अमेरिकी प्रभाव केही समयको लागि निश्चित रुपमा रहनेछ तर यो प्रभाव कम हुने क्रम जारी रहनेछ जसलाई फेरि परिवर्तन गर्न सकिने छैन । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने घोषणापछि यही वर्ष जुलाइमा इराकबाट पनि आफ्ना सबै सैन्यबललाई फिर्ता बोलाउने घोषणा गरेको थियो ।

अमेरिकाले भनेको थियो ‘अमेरिका इराक रणनीतिक वार्ता अन्तर्र्गत यो वर्षको अन्त्यसम्म इराकबाट सबै सैनिकहरुलाई फिर्ता बोलाइनेछ ।’ यो घोषणाबाट २ अहम प्रश्न उठेका थिए – यसको इराकको जमिनी अवस्थामा के असर हुनेछ ? र के यसबाट इराकमा इस्लाकिम स्टेट फिर्ता हुने बाटो खुल्नेछ ? केही वर्ष पहिले नै इस्लामिक स्टेटले पूरै मध्यपूर्वमा त्रास उत्पन्न गरेको थियो । यो चरमपन्थी संगठनमा लण्डनदेखि अस्ट्रेलियासम्मबाट आएर चरमपन्थी जोडिएका थिए ।

इराकमा अमेरिकाले आक्रमण गरेको १८ वर्षपछि अहिले इराकमा साढे २ हजार अमेरिकी सैनिक छन् । यसका अलावा इस्लामिक स्टेटसँग लडिरहेको विशेष सैन्य दस्ताको एउटा सानो गुप्त टुकडी पनि छ जसको बारेमा जानकारी सार्वजनिक गरिएको छैन । इराकमाथि आक्रमणपछि अमेरिकाको १ लाख ६० हजार सैनिकको बलियो सेनाले इराकमा कब्जा गरेको थियो । अहिले बाँकी भएका साढे २ हजार सैनिक ३ अड्डामा मात्र सीमित छन् । उनीहरुमाथि पनि इरान समर्थित मिलिशियाले रकेट र ड्रोन आक्रमण गरेका छन् ।

अहिले इराकमा रहेको अमेरिकी सेनाको काम इराकका सैन्य बललाई प्रशिक्षित गर्नु हो जो देशमा पटक पटक उठ्ने इस्लामिक स्टेट जिहादीहरुसँग लडिरहेका छन् । इराकमा अमेरिकी सैनिकको उपस्थिति विवादित पनि छ । इरान समर्थित नेता र मिलिशिया उनीहरुलाई देशबाट बाहिर भएको चाहन्छन् । खासगरी अमेरिकाले इरानको रिभोल्युशनरी गार्ड कर्प्सको कुद्स फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानी र अर्का शीर्ष शिया मिलिशिया कमाण्डरको बगदाद विमानस्थलमा हत्या गरेपछि उनीहरु यस्तो चाहन्छन् ।

यहाँसम्म कि इराकका ती जनता जो कुनै पक्षको साथमा छैनन् उनीहरु पनि विदेशी सैनिक देशबाट बाहिर जाउन् भन्ने चाहन्छन् किनकि विदेशी सैनिकको उपस्थिति एक भावनात्मक मुद्दा पनि हो । अमेरिकामा धेरै जनता इराकबाट सेना फिर्ता बोलाउने विषयमा सहज छन् तर यसको मूल्य यो हुनु हुँदैन कि इराक इरानको हातमा जाओस् । अमेरिका लामो समयदेखि आफूलाई मध्यपूर्वबाट बाहिर निकाल्न प्रयास गरिरहेको छ । वर्तमान राष्ट्रपति जो बाइडेन यी संघर्षलाई ‘सधैं चलिरहने युद्ध’ भन्छन् । तर, अब इराकमा चीनको बढ्दो चासोले अमेरिकाको चिन्ता बढाउन सक्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *