अमेरिकामा ओमिक्रोनको असरः ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने

डिसी नेपाल
७ पुष २०७८ ७:४७
64
Shares

न्युयोर्क। अमेरिकाले ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो।

परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन्। तर, तत्काल लकडाउन बारे सरकारले कुनै निर्णय नगरेको उनले बताए। तर, प्रतिबन्धका जुनसुकै उपाय चाल्न सरकार तयार भएको उनले बताए।

पछिल्लो समयमा बेलायतपछि ओमिक्रोनबाट अमेरिका प्रभावित छ। कोभिड संक्रमण भएका दुई तिहाईमा नयाँ भेरियन्ट देखिएको विज्ञहरुले बताएका छन्। ओमिक्रोनका बिरामी सबैभन्दा बढी न्युयोर्क र वासिंगटनमा देखिएका छन्।

छुटेका सबै जनाले कोभिड खोप लगाउन राष्ट्रपतिले आग्रह गरेका छन्। पहुँचका बाबजुद अझै पनि अमेरिकाको ठूलो जनसंख्याले खोप लगाएको छैन्। यसअघि विश्व स्वास्थ्य संगठनले बिदाका योजना रद्द गर्न सरकारहरुलाई आग्रह गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *