पूर्व मुख्यमन्त्रीको जिब्रो काटिदिनेलाई ११ लाख पुरस्कार घोषणा गर्ने नेता पार्टीबाट निष्काशित
काठमाडौं। बिहारका पूर्व मुख्यमन्त्री जीतन राम माझीको जिब्रो काटिदिनेलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्ने भारतीय जनता पार्टीका नेता गजेन्द्र झालाई पार्टीबाट निष्काशन गरिएको छ । समाचार एजेन्सी एएनआइका अनुसार बिजेपीले उनलाई पार्टीबाट निलम्बित गर्दै आगामी १५ दिनभित्र यस विषयमा पार्टीको हाइ कमाण्डलाई आफ्नो सफाइ दिन निर्देशन दिएको छ ।
हालै एक कार्यक्रममा पूर्व मुख्यमन्त्री माझीले ब्राह्मण समुदायको कुरा गर्ने क्रममा अपशब्द प्रयोग गरेका थिए । पछि यस विषयमा सफाइ दिँदै माझीले आफूले ब्राह्मण समुदायको लागि नभइ आफ्नो समुदायको लागि त्यो शब्दको प्रयोग गरेको भनेका थिए । उनले यसको लागि माफी पनि मागेका थिए ।
हिन्दूस्तान टाइम्सका अनुसार बीजेपीको मधुबनी जिल्लाका अध्यक्ष शंकर झाले गजेन्द्र झालाई पार्टीको निर्णयबारे बताउँदै भनेका छन् ‘तपाइँको हालैको बयानले पार्टीलाई नोक्सानी भएको छ । तपाइँलाई तत्काल लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको छ । पूर्व मुख्यमन्त्री माझी हिन्दूस्तान आवाम मोर्चा (हम) का अध्यक्ष हुन् । उनको पार्टी बिहारको सत्ताधारी गठबन्धनको साझेदार पनि हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment