श्रीलंकाले ६८ जना भारतीयलाई हिरासतमा राख्यो
काठमाडौं। भारतको विदेश मन्त्रालयले श्रीलंकाले तमिलनाडुका ६८ जना भारतीयलाई हिरासतमा लिएको बताएको छ । मन्त्रालयले हिरासतमा लिइएका भारतीयहरु सबै माछा मार्ने माझीहरु भएको र यस विषयमा भारत सरकार चिन्तित भएको बताएको छ । मन्त्रालयले यी भारतीयको रिहाइको लागि श्रीलंका सरकारसँग माग गरिएको पनि बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीका अनुसार उनको जानकारीमा श्रीलंकाका अधिकारीहरुले १८ देखि २० डिसेम्बरको बीचमा ६८ जना भारतीइ माझीहरुलाई हिरासतमा लिएको छ र १० वटा डुंगा पनि जफत गरेको छ । उनका अनुसार यी सबै माझीहरु तमिलनाडुका हुन् र भारत सरकारको तर्फबाट उनीहरुलाई कानुनी सहयोग पनि दिइएको छ ।
We are concerned about the detention of Indian fishermen from Tamil Nadu by Sri Lankan authorities between 18-20 December 2021. As per our information, 68 fishermen and 10 boats have been taken into custody: MEA Spokesperson Arindam Bagchi
(file pic) pic.twitter.com/CY4EhclO7z
— ANI (@ANI) December 21, 2021
बागचीले भने ‘कोलम्बोस्थित हाम्रो उच्चायोगले भारतीय माझीहरुको छिटो रिहाइको विषय श्रीलंका सरकारको अगाडि उठाएको छ ।’ बागचीका अनुसार यस विषयमा उनले तमिलनाडुका मुख्यमन्त्रीसँग पनि कुरा गरेका छन् । मुख्यमन्त्रीलाई पूरै स्थिति र भारत सरकारको तर्फबाट गरिएका प्रयासको बारेमा जानकारी दिइएको छ ।







डिसी नेपाल







Facebook Comment