प्रसिद्ध सेफ संजीव कपूरको ६.८ मिलियन सब्सक्राइबर भएको युट्युब च्यानल ह्याक
काठमाडौं। प्रसिद्ध सेफ संजीव कपूरको युट्युब च्यानल ह्याक भएको छ । ट्वीटरमा संजीव कपूरले यसकारे जानकारी दिएका छन् । संजीव पूरको यो च्यानलमा ६.८२ मिलियन सब्सक्राइबर छन् । अहिले यो च्यानललाई रिकभर गर्नको लागि प्राविधिक टिमले काम गरिरहेको छ ।
संजीव कपूरले आफ्नो युट्युब च्यानल संजीव कपूर खजानाको सुरुवात २९ जुलाइ २००९ मा गरेका थिए । यो युट्युब मा उनी नयाँ नयाँ परिकार बनाउने रेसिपीको भिडियो अपलोड गर्छन् । संजीव कपूर खजाना निकै चर्चित छ र उनका ६८ लाख सब्सक्राइबर छन् ।
ह्याकरले संजीव कपूरको च्यानलको नाम बदलेर माइक्रोस्ट्राटेजी बिटक्वाइन बनाइदिएका छन् । यसका अलावा ३ वटा लाइभ स्ट्रिमिङ भिडियो हालिदिएका छन् जो बिटक्वाइनका हुन् । संजीव कपूरले ट्वीट गर्दै लेखेका छन् ‘हाम्रो युट्युब च्यानल संजीव कपूर खजाना हाइज्याक गरिएको छ । युट्युबले प्राथमिकताको आधारमा यसको समाधान गरिरहेको छ । असुविधाको लागि हृदयबाटै खेद छ , तपाइँको समर्थनको लागि धन्यवाद ।’







डिसी नेपाल







Facebook Comment