चीन सरकारसँग आफ्नो सम्बन्ध लुकाएको आरोपमा हार्वर्ड विश्वविद्यालयका प्रोफेसर दोषी ठहर

डिसी नेपाल
८ पुष २०७८ ११:१४
220
Shares

काठमाडौं। चीनले चलाइरहेको एक भर्ती कार्यक्रमसँग आफ्नो सम्बन्ध लुकाएको आरोप लागेका हार्वर्ड विश्वविद्यालयका एक प्रोफेसर दोषी ठहर भएका छन् । मंगलबार उनलाई लगाइएका सबै अभियोगमा उनी दोषी ठहर भएका हुन् । ६२ वर्षका चार्ल्स लिएबर हार्वर्ड विश्वविद्यालयको रसायनशास्त्र तथा रासायनिक जीवविज्ञान विभागका पूर्व प्रमुख समेत हुन् ।

लिएबरमाथि आफू चीनको थाउजन्ड ट्यालेन्ट्स प्लानसँग आबद्ध भएको कुरा लुकाएको आरोप थियो । यो चीनको यस्तो कार्यक्रम हो जसमा चीन सरकारले आफ्नो लागि काम गर्नको लागि विदेशी प्रविधि र बौद्धिक सम्पत्तिको ज्ञान भएका व्यक्तिहरु भर्ती गर्ने गर्छ ।

अभियोजनकर्ताहरुका अनुसार चीनसँग आबद्ध भएवापत लिएबरले वुहान युनिभर्सिटी अफ टेक्नोलोजीबाट मासिक ५० हजार डलर पारिश्रमिक, बसोवास खर्चबापट १ लाख ५८ हजार डलर र अनुदानवापत १.५ मिलियन डलरभन्दा बढी लिएका थिए ।

यको बदलामा लिएबरले चिनियाँ विश्वविद्यालयको तर्फबाट आर्टिकलहरु प्रकाशित गर्न, अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्न र पेटेन्ट आवेदन गर्न सहमत भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *