इरानलाई तेल आयातको उधारो तिर्न श्रीलंकाले खोज्यो गजबको तरिका

डिसी नेपाल
८ पुष २०७८ ११:२७
17.1k
Shares

काठमाडौं। श्रीलंकाले तेल आयातको २५.१ करोड डलर उधारो तिर्नको लागि इरानलाई चिया पठाइदिने रणनीति बनाएको छ । इरानले पनि यसको पुष्टि गरेको छ । श्रीलंकाका मन्त्री रमेश पाथिरानाले समाचार एजेन्सी रोयटर्ससँग उनको देशले आउँदो जनवरीदेखि इरानलाई चिया पठाउन सुरु गर्ने बताएका छन् ।

उनले भने ‘हामीलाई आशा छ कि हामी हरेक महिना ५० लाख डलरको चिया इरानलाई पठाउनेछौं ताकि विगत ४ वर्षदेखि तेल आयातको उधारो इरानलाई तिर्न सकियोस् ।’ रोयटर्सका अनुसार श्रीलंकाले आगामी वर्ष २०२२ मा ४.५ अर्ब डलर ऋण तिर्नुपर्ने छ । तर, देशको विदेशी मुद्रा भण्डारमा आएको गिरावटका कारण श्रीलंका कठिनाइमा छ ।

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निवार्ड काबरालले यही महिनाको सुरुवातमा भनेका थिए कि श्रीलंका २०२२ मा सबै अन्तर्राष्ट्रिय ऋण तिर्न सक्षम छ । अर्कोतर्फ इरानको ट्रेड डेभलपमेन्ट अर्गनाइजेसनका प्रमुख अली रजा पेमन पाकले इसना समाचार एजेन्सीसँग श्रीलंकाको तर्फबाट यो अनुरोध ९ वर्ष पहिले गरिएको बताए । उनका अनुसार दुई देशबीच हालै भएको छलफलपछि श्रीलंकाले उधारो तिर्नको लागि इरानलाई चिया पठाउने सहमति भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *