बेकरीले केकमा ‘मेरी क्रिसमस’ लेखिदिन नमानेपछि बबाल

डिसी नेपाल
८ पुष २०७८ १२:१४
5.2k
Shares

काठमाडौं। धर्मको नाममा विवादको फेरि अर्को घटना भएको छ । पाकिस्तानमा एक बेकरकिा कर्मचारीले केकमा ‘मेरी क्रिसमस’ लेखिदिन अस्वीकार गरे । उनले पसलको आदेश भन्दै आफूले केकमा मेरी क्रिसमस लेख्न नसक्ने बताए । यो घटनापछि सामाजिक संजालमा उक्त बेकरी पसलविरुद्ध आक्रोश पोखिएको छ ।

सामाजिक संजालमा नेटिजेनहरुले उक्त पसललाई ट्रोल गरिरहेका छन् र ती ग्रहकको समर्थनमा आएका छन् । पाकिस्तानी अखबार द एक्सप्रेस ट्रिब्युनका अनुसार विवाद धेरै बढेपछि पसलले यस विषयमा जाँच गरिने बताएको छ । बेकरी पसलको व्यवस्थापनले ती कर्मचारीविरुद्ध कारवाही गरिने बताएको छ ।

विवादपछि पसल व्यवस्थापनले सफाइ दिँदै उनीहरुको पसलमा धर्मको नाममा कुनै भेदभाव नगरिने र ती कर्मचारीले जे गरे त्यो उनको निजी सोच भएको र यससँग पसलको कुनै सम्बन्ध नभएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *