बेलायतमा बढे कोरोना संक्रमित, एकैदिन एक लाख बढी संक्रमित फेला

डिसी नेपाल
८ पुष २०७८ १३:०६
64
Shares

लन्डन । बेलायतमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ। बुधबार मात्र बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको छ। बेलायतका अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्र एक लाख ६ हजारजनाभन्दा बढी संक्रमित भेटिएका हुन् ।

यसअघि, यहाँ एकै दिनमा ९६ हजार जना जति कोरोना संक्रमित भेटिएका थिए । कोरोना संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो ।

बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । बेलायतका अधिकारीहरूले प्रकोप सुरू भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् ।

यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यसकारण यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।

बेलायत अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी, बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।

पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *