७९ वर्षीय बाइडेनले भने –भाग्यमा विश्वास छ, अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिष्पर्धा गर्छु
US President Joe Biden answers a question as he speaks about the November Jobs Report from the State Dining Room of the White House in Washington, DC, on December 3, 2021. - Biden said Friday that the United States' employment recovery was "very strong," despite disappointing November job creation data. "America is back to work and our jobs recovery is going very strong. Today's historic drop in unemployment rate includes dramatic improvements for workers who have often seen... higher levels of unemployment," he said. (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP) (Photo by ANDREW CABALLERO-REYNOLDS/AFP via Getty Images)
काठमाडौं।अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने बाइडेनले बताएका हुन् ।
अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु । धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ । अहिले म स्वस्थ छु । यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्नेछु ।’
आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुन सुकै हालमा आफूले उम्मेदवारी दिने उनले बताए ।
एजेन्सी
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment