खोप कार्डमा मोदीको फोटोः उजुरी गर्ने व्यक्तिलाई उल्टै १ लाख जरिवाना
नयाँ दिल्ली। कोभिडको खोप कार्डमा मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ।
उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो।
ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत पुगेका थिए। आफ्नो खोप कार्डमा मोदीको तस्बीर आवश्यक नभएको उनको तर्क थियो।
आफूले पैसा तिरेर खोप लगाएको र खोप कार्डमा मोदीको फोटोको कुनै सान्दर्भिकता नभएको भन्दै फोटो हटाउन माग गरेका थिए। ‘खोप कार्डमा प्रधानमन्त्रीको फोटोका कारण लाज लागेमा उनलाई त्यहाँ नहेर्ने सुविधा पनि छ,’ फैसलामा भनिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment