कोभिड–१९ को ओमिक्रोन भेरिएन्टबाट संक्रमित ९० प्रतिशतले दुवै डोज खोप लगाइसकेका थिए
काठमाडौं। आफ्नो देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित सुरुवाती १८३ केसहरुको अध्ययन र विश्लेषण गरेर भारतको केन्द्र सरकारले यी संक्रमितमध्ये हरेक १० जनामध्ये ९ जना अर्थात करिब ९० प्रतिशतले पहिले नै खोपको २ डोज लगाइसकेको खुलासा गरेको छ । यो विश्लेषणको डाटा साझा गर्दै शुक्रबार केन्द्र सरकारले महामारीबाट बच्नको लागि केवल खोप पर्याप्त नभएको बताएको छ ।
केन्द्र सरकारले खोप लगाएपछि पनि मास्क र निगरानी उत्तिकै जरुरी भएको बताएको छ ताकि भाइरस प्रसारणको चेन तोड्न सकियोस् । यो विश्लेषण केन्द्रीय स्वास्थ्य मन्त्री राजेश भूषणले जारी गरेका हुन् । यो विश्लेषणका अनुसार २७ प्रतिशत संक्रमित यस्ता छन् जो विदेश गएका छैनन् । यसबाट ओमिक्रोनको उपस्थिति समुदायभित्रै छ भन्ने संकेत मिल्छ ।
?LIVE NOW?
Press briefing on the actions taken, preparedness and updates on #COVID19 #IndiaFightsCorona
Watch on #PIB‘s?
YouTube: https://t.co/m2pGosA5yj
Facebook: https://t.co/ykJcYlvi5bhttps://t.co/MLjM9GerLm— PIB India (@PIB_India) December 24, 2021
यो विश्लेषणका अनुसार ८७ जना संक्रमितले खोपको दुवै डोज लगाइसकेका थिए । ३ जनाले त बुस्टर डोज समेत लगाइसकेका थिए । १८३ मध्ये केवल ७ जनाले मात्रै खोप लगाएका थिएनन् । २ जनाले पहिलो डोज मात्र लगाएका थिए, ७३ जनालाई खोपको अवस्थाबारे जानकारी छैन र १६ जना खोप लगाउनको लागि मेडिकल रुपमा फिट थिएनन् ।
कोभिड टास्क फोर्सका प्रमुख डा. भीके पलले डेल्टाको तुलनामा ओमिक्रोन धेरै संक्रामक भएको चेतावनी दिएका छन् । डा. पलका अनुसार कसैले पनि ओमिक्रोन घरमा ल्याउनुको कारण त्यो व्यत्तिः मास्क नलगाइ बाहिर निस्किएका थिए । यदि यसरी कसैले घरमा ओमिक्रोन ल्याएका घरमा सबै संक्रमित हुने खतरा ओमिक्रोनमा धेरै भएको उनले बताए ।







डिसी नेपाल







Facebook Comment