भारतमा धर्मको नाममा भएको हत्या ‘गम्भीर अपराध’, पीडितले कुनै गल्ती गरेको पाइएन
पक्राउ गरिएका अमरजीत सिंह
काठमाडौं। भारतको पंजाबको कपूरथलामा भीडले धर्मको नाममा गरेको एक व्यक्तिको हत्या अत्यन्तै गम्भीर अपराध भएको पाइएको छ । यो घटनाको अनुसन्धानको क्रममा शुक्रबार पुलिसले एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।
भीडले यी मारिने व्यक्तिले शिखहरुको पवित्र झण्डाको अपमान गरेको दावी गरेको थियो । तर, पुलिसले यो दावी गलत भएको बताएको छ । १९ डिसेम्बरमा निजामपुर गाउँमा गुरुद्वाराको झण्डाको अपमान गरेको आरोपमा भीडले एक व्यक्तिलाई निर्घात कुटपिट गरेर मारेको थियो ।
पुलिसले अनुसन्धानमा यो मामिलामा धर्मको अपमान भएको कुनै पनि प्रमाण फेला पारेन । पुलिसले गुरुद्वाराको रेखदेख गर्ने अमरजीत सिंहलाई गिरफ्तार गरेको छ । अमरजीत सिंहले आफूले यी मारिने व्यक्तिलाई निशान साहिक (शिखहरुको पवित्र झण्डा) को अपमान गरेको देखेको बताएका थिए । त्यसपछि उग्र भीडले ती व्यक्तिलाई मारिदिएको थियो ।
पोस्टमार्टम रिपोर्टका अनुसार पीडितको शरीरमा ३० वटा चोट पाइएका छन् । यीमध्ये धेरैजसो चोट धारिलो हतियारका छन् । जालंधर रेन्जका आइजी गुरिन्दर सिंह ढिल्लनले बीबीसी हिन्दीसँग कुरा गर्दै गुरुद्वाराको रेखदेख गर्ने व्यक्ति अमजित सिंहलाई हत्याको अभियोगमा गिरफ्तार गरिएको बताए ।
आइजी सिंहले अनुसन्धानमा शिखहरुका धार्मिक प्रतीकको अपमान भएको कुनै प्रमाण नभेटिएको बताए । उनले एफआइआरमा आइपीसी धारा ३०२ (हत्या) र धारा ३०७ (हत्याको प्रयास) पनि आकर्षित गरिएको बताए । उनका अनुसार यो मामिलामा करिब १०० जनाविरुद्ध एफआइआर दर्ता गरिएको बताए । यसअघि एफआइआर धारा २९५ ए (धार्मिक भावना आहत गरेको) अन्तर्गत दर्ता गरिएको थियो ।







डिसी नेपाल







Facebook Comment