मलेसियामा बाढीमा परेर ४६ जनाको मृत्यु

डिसी नेपाल
११ पुष २०७८ १०:४८
48
Shares

मलेसिया। मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । मलेसियामा केही दिनयतादेखि जारी रहेको भीषण बाढीका कारण शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको छ ।

यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ । साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *