चीनका कम्पनीहरुले भारतलाई पत्र लेखेर आक्रोश पोखे

डिसी नेपाल
११ पुष २०७८ १२:१३
192
Shares

काठमाडौं। चीनको चेम्बर अफ कमर्सले भारतलाई पत्र लेखेर अनियमित कर जाँचलाई संशोधन गर्न भनेको छ । चीनको चेम्बर अफ कमर्स र इण्डिया चाइना मोबाइल फोन इन्टरप्राइज एसोसिएसनले भारत सरकारसँग चिनियाँ कम्पनीहरुको लागि भारतमा भेदभावरहित व्यवसायिक माहोल हुनुपर्ने माग गरेका छन् ।

चीनको चेम्बर अफ कमर्स र इण्डिया चाइना मोबाइल फोन इन्टरप्राइज एसोसिएसनले भारत सरकारलाई लेखेको पत्रलाई चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अखबार ग्लोबल टाइम्सले ट्वीट गरेको छ । ग्लोबल टाइम्सले आफ्नो ट्वीटमा लेखेको छ ‘यी चिनियाँ फर्महरुको भारतमा ३ अर्ब डलरको लगानी छ र यसमा ५ लाख भारतीयहरुले रोजगारी पाएका छन् ।’

चिनियाँ कम्पनीहरुको तर्फबाट भारत सरकारलाई पठाइएको पत्रमा लेखिएको छ ‘हालका दिनहरुमा चिनियाँ मोवाइल फोन कम्पनीहरुले भारतमा अप्रत्याशित कठिनाइको सामना गर्नु परिरहेको छ । केही कम्पनीहरुले अचानक भारत सरकारका एजेन्सीहरुको जाँचको सामना गर्नु परिरहेको छ । यसको परिणामस्वरुप कम्पनीहरु आफ्नो उत्पादन सामान्य गर्न असमर्थ भएका छन् । विकासशील भारतमा हाम्रो विश्वास कमजोर भएको छ । यस्तो गर्दा भारतमा लगानीमा खराब असर पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *