भारतमा ४२२ जनामा देखियो ओमिक्रोन, अधिकांश संक्रमित खोप लगाएका
Coronavirus on scientific background
नयाँ दिल्ली। भारतमा कोभिडनको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ। संक्रमितमध्ये सवैभन्दा बढी महाराष्ट्रका छन्। सकारले कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका बृद्धबृद्धालाई बुस्टर डोज दिने तयारी गरेको छ।
महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन्। त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ। दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ।
ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment