द रककी छोरी रेस्लर बनेर डब्लुडब्लुइमा प्रवेश
काठमाडौं। डब्लुडब्लुइका चर्चित रेस्लर तथा हलिउड सुपरस्टार ड्वेन जोनसन अर्थात द रककी छोरी पनि रेस्लर बनेर डब्लुडब्लुइमा प्रवेश गरेकी छिन् । रककी जेठी छोरी सिमोन जोनसन डब्लुडब्लुइ प्रवेश गरेकी हुन् । केही समयअघि अर्का रेस्लर रे मिस्टेरियोकी छोरी आल्याले डब्लुडब्लुइ प्रवेश गर्न चाहेको चर्चापछि अहिले रककी छोरी सिमोनको चर्चा चुलिएको छ ।
सिमोनले गत वर्ष मात्र डब्लुडब्लुइ एनएक्सटीका लागि प्रशिक्षण लिन सुरु गरेकी थिइन् । स्वयं द रक समेत उनको प्रशिक्षण केन्द्र पुगेका थिए । छिटै सिमोन जोनसनको नाम डब्लुडब्लुइका रेस्लरहरुको मेन रोस्टरमा जोडिँदैछ । डब्लुडब्लुइमा प्रवेश गर्नुभन्दा पहिले नै सिमोन निकै चर्चित छिन् । यसअघि उनले मोडलिङ पनि गरिसकेकी छिन् । यसका अलावा उनी इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गरिरहन्छिन् ।
इसेन्सियल्ली स्पोर्टसका अनुसार सिमोन जोनसनको २०२१ सम्मको नेटवर्थ ५० मिलियन डलर छ । उनका पिता द रकको नेटवर्थ ११० मिलियन डलर छ । मोडलिङबाटै सिमोनले करोडौं कमाइसकेकी छिन् । सिमोनको नेटवर्थ अहिलेका डब्लुडब्लुइ केही सुपरस्टारहरुको भन्दा पनि बढी छ । सिमोनका इन्स्टाग्राममा करिब साढे ४ लाख फलोअर छन् ।







डिसी नेपाल







Facebook Comment