चाउचाउ फ्याक्ट्रीमा विष्फोट हुँदा ६ जनाको मृत्यु, ५ जना घाइते

डिसी नेपाल
११ पुष २०७८ १५:२८
4.3k
Shares

काठमाडौं। बिहारको मुजफ्फरपुरमा बेला औद्योगिक क्षेत्रको फेज २ मा चाउचाउ फ्याक्ट्रीमा ब्वाइलर विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । विष्फोट निकै भयानक थियो । विष्फोटमा फ्याक्टीको छत नै उडेको बताइएको छ । घटनाको सूचना पाएपछि घटनास्थलमा भारी संख्यामा पुलिस पुगेको छ ।

विष्फोटपछि केही मानिसहरु भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । उद्धार टिमले उद्धारको काम सुरु गरेको छ । बिहान करिब पौने १० बजे फ्याक्ट्रीमा विष्फोट भएको थियो । घटनाको सूचना पाउनासाथ डिएम, एसएसपी, एसडिआरएफ र फायर ब्रिगेडको टिम पुगेको थियो । विष्फोटले भवन नै भत्किएकोले दबिएका मानिस निकाल्न जेसिबीको प्रयोग गरिएको छ । डिएम प्रणव कुमारका अनुसार ६ शव निकालिएको छ र घाइतेलाई अस्पताल पठाइएको छ । अरुको खोजी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *