फ्रान्समा दैनिक संक्रमित एक लाख नाघे
Coronavirus on scientific background
पेरिस। फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै संख्यामा कोभिड संक्रमित देखिएका छन्। पछिल्लो २४ घन्टामा एक लाख चार हजार ६११ संक्रमित भेटिएका छन्। यो फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो।
अधिकारहीहरुका अनुसार तीन हजार २८२ जनाको आइसीयूमा उपचार भइरहेको छ। ओमिक्रन भेरियन्ट बढेसँगै संक्रमितको संख्या पनि तीब्र वढिरहेको छ। कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ। फ्रान्समा अहिलेसम्म ७६ दशमलब ५ प्रतिशतले कोभिड खोप लगाएका छन्।
बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ। क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरुले बताएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय यात्रामा पनि पास अनिवार्य गरिने भएको छ।
फ्रान्समा कोभिडका कारण एक लाख २२ हजार ५४६ जनाको मृत्यु भइसकेको छ।







डिसी नेपाल







Facebook Comment