व्यापारीको घरभित्रबाट निस्कियो अरबौं रुपैयाँको अवैध धन, २ अर्बभन्दा धेरै त नगद मात्रै

डिसी नेपाल
१२ पुष २०७८ १२:३९
960
Shares

काठमाडौं। भारतको कानपुरमा एक व्यापारीको घरभित्रबाट अरबौं रुपैयाँ बराबरको अवैध धन निस्किएको छ । परफ्युम व्यवसायी पियुष जैनको घरमा सरकारी अधिकारीले छापा मारेर यति धेरै अवैध धन बरामद गरेका हुन् । करिब १५० घण्टासम्मको छानबिन र ५० घण्टाको सोधपुछपछि पियुष जैनलाई आइतबार गिरफ्तार गरिएको समाचार एजेन्सी पिटीआइले जनाएको छ । उनको घरमा छापा मार्दाका केही तस्वीर सार्वजनिक भएका छन् जहाँ पैसाको थुप्रो देखेर मानिसहरु चकित परेका छन् ।

पियुष जैनमाथि अवैध व्यापार र कर छलीको आरोप लागेको छ । समाचारका अनुसार छापा मार्दा पियुषको घरबाट १ अर्ब ५७ करोड भारतीय रुपैयाँ (२ अर्ब ४० करोड नेपाली रुपैयाँ) नगद मात्रै भेटिएको छ । कैयौं किलो सुन र चाँदी पनि बरामद भएको छ । यस विषयमा डिजीजीआइले विस्तृत जानकारी दिन बाँकी नै छ । यतिमात्र होइन छापा मार्दा उनीसँगबाट १६ बहुमूल्य जग्गाजमिनको कागजात पनि भेटिएको छ । यी जग्गाजमिनमध्ये कानपुरमा ४, कन्नोजमा ७, मुम्बइमा २ र दिल्लीमा एउटा छन् । यसबाहेक दुबइमा पनि उनका २ अवैध सम्पत्ति भएको पाइएको छ ।

छापा मार्ने बेला पियुष जैन दिल्लीमा थिए । दिल्लीमा उनको परिवार पिताको उपचार गराउन गएका थिए । त्यतिबेला पियुषका २ छोरा घरमै थिए । पियुषका भाइ त्यतिबेला झारखण्डमा थिए । जाँच टिमले बोलाएपछि पियुष दिल्लीबाट कानपुर आएका थिए । सोधपुछपछि जीएसटी इन्टेलिजेन्स टिमले पियुष जैनलाई गिरफ्तार गरेको छ । जानकारीका अनुसार कानपुरमा रहेको पियुषको घरमा बेसमेन्ट भेटिएको छ । उनको एउटा फ्ल्याटमा ५०० वटा चाबीहरु भेटिएका छन् । जानकारी अनुसार पियुष आफ्नो घरमा पुराना चौकीदार राख्दैनथे । १ देखि २ वर्षमा उनी चौकीदार बदल्थे । यी चौकीदार घरभित्र जान पाउँदैनथे ।

पियुषसँग यति धेरै पैसा थियो कि उनलाई आफ्नो सम्पत्ति देखिने गरी प्रयोग गरेमा अरु मानिसहरुले थाहा पाउने डर हुन्थ्यो । उनी मानिसहरुको नजरबाट बच्नको लागि सधैं वर्षौं पुराना थोत्रा कार प्रयोग गर्थे । उनलाई कहिल्यै पनि विलासी र नयाँ नयाँ गाडीको सोख भएन । उनीसँग केवल २ वटा कार भेटिएका छन् । यीमध्ये एउटा भक्सवेगन र अर्को टोयोटाका कार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *