सनी लियोनीको ‘मधुबन’ गीतले बबाल मच्चियो, ३ दिनमा युट्युबबाट हटाइँदै
काठमाडौं। सनी लियोनीको गीत ‘मधुबन’का विषयमा बबाल मच्चिएपछि अन्ततः यो गीत युट्युबबाट हटाइने भएको छ । यो गीतका विषयमा मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले चेतावनी दिएका थिए । त्यसपछि म्युजिक कम्पनी सारेगामाले आफ्नो यो गीतमा संशोधन गर्ने बताएको छ । यसको लागि अहिले अपलोड गरिएको भिडियो सबै प्लेटफर्मबाट हटाइनेछ ।
अंग्रेजी अखबार हिन्दूस्तान टाइम्सका अनुसार सारेगामाले भनेको छ ‘हालैका प्रतिक्रियाहरु हेर्दै र देशका नागरिकहरुका भवनाको सम्मान गर्दै हामी मधुबन गीतको नाम र बोल दुवै परिवर्तन गर्नेछौं ।’ सारेगामाले अगाडि भनेको छ ‘३ दिनभित्र सबै प्लेटफर्ममा ३ दिनभित्र पुरानो गीत हटाइनेछ र त्यसको ठाउँमा नयाँ गीत हुनेछ ।’
मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले अभिनेत्री सनी लियोनी र गायकलाई चेतावनी दिँदै यो भिडियोको लागि माफी माग्न र ३ दिनभित्र यो भिडियो हटाउन अन्यथा कारवाहीको लागि तयार रहन भनेका थिए । यसअघि पनि नरोत्तम मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाचीले आफ्नो मंगलसूत्रको विज्ञापन हटाएका थिए ।
अहिले पनि चेतावनीको तत्कालै पछि कम्पनीले प्रतिक्रिया दिँदै भिडियो बदलिने बताएको छ । मन्त्रीको चेतावनीको हवाला नदिइ कम्पनीले यो निर्णय हालैका प्रतिक्रियाहरुपछि लिइएको बताएको छ । नरोत्तम मिश्राले भनेका थिए ‘केही विधर्मी लगातार हिन्दू भावनालाई आहत गरिरहेका छन् । यस्तै एउटा भिडियो मधुवनमे राधिका नाचे निन्दनीय प्रयास हो । म सनी लियोनी जी, शारिब र तोशी जीलाई चेतावनी दिन्छु कि उहाँहरु बुझ्नुस् । यदि उहाँहरुले ३ दिनभित्र गीत हटाएर माफी माग्नुभएन भने उहाँहरुविरुद्ध कारवाही गर्नेछौं ।’
यो गीतमा १९६० को फिल्म कोहिनूरमा मोहम्मद रफीले गाएको गीतका बोही बोल पनि थिए । नरोत्तम मिश्राका अलावा पुजारीहरुले पनि भिडियोलाई आपत्तिजनक पाएको बताउँदै यदि यसलाई हटाइएन भने अदालत जाने बताएका थिए । अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनी लियोनीको यो गीतबाट बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिल्याइएको बताएका थिए ।
Facebook Comment