ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
१२ पुष २०७८ २०:२३

डोल्पा । मुड्केचुला ७ गारापारीमा लु३त २६२५ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मुड्केचुला ७ का ५० वर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका ५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला ९ होर्तमा लंकु बुढा रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ । जुम्लाबाट सर्मी आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *